काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाएका छन् ।
शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रचण्डले ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाए । उनले यो समयमा कोरोना महामारीविरुद्ध लाग्नुपर्ने भन्दै सबैलाई एकताबद्ध हुन पनि अनुरोध गरे ।
प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताबीच पुर्याउन शिक्षकहरूलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसका नेताहरु पनि मन्त्रिपरिषद् पुनर्गठनलाई विरोध विरुद्ध रहेको भनिसकेका छन् ।