काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १ लगायतका पहाडी भू-भागमा मौसम बदली हुने जानकारी दिएको छ । त्यस्तै पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
भोलि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा बादल लाग्ने छ । त्यस्तै पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
मंगलबार प्रदेश १ लगायतका पहाडी भू-भागमा बदली हुने तथा प्रदेश १, फ्रदेश २, बागमती र गण्डकी प्रधेशका केही स्थानमा पानी पर्न सक्ने महाशाखाको पूर्वानुमान छ ।