एजेन्सी : भारतका दिग्गज अभिनेता दिलिप कुमार ९९८० को आइतबार अचानक स्वास्थ्य खराब भयो । उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो । उनको घरमा नै उपचार भइरहेको थियो ।
आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ । दिलिप कुमारका आफन्त बशिर कोलोम्बोवालले बीबीसी हिन्दीसँगको कुराकानीमा उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।
उनले भने, ‘उनलाई सास फेर्न गाह्रो भइरहेको थियो त्यसैले उनलाई अस्पताल लिएर गयौं । हाल चिन्ता गर्नुपर्ने स्थिति छैन । तर उनको उमेर धेरै भएका कारण हामी कुनै खतरा लिन चाहँदैनथ्यौं त्यसैले उनलाई अस्पताल भर्ना गरिएको हो ।’