पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार बिहान दुई रेल ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ३० जनाको ज्यान गएको छ । माथिल्लो सिन्धको घोट्की जिल्लाको डहरकी नजिक भएको दुर्घटनामा ५० जना भन्दा धेरै घाइते भएका छन् ।
रेल विभागका प्रवक्ताका अनुसार कराँचीबाट सरगोधाका लागि छुटेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँचीका लागि छुटेको सर सैयद एक्सप्रेसको रेल आसपमा ठोक्किएका हुन् । मिल्लत एक्सप्रेसका ड तथा सर सैयद एक्सप्रेसकको इन्जिनसहित तीन डिब्बा लिकबाट बाहिर गएका हुन्। केही डिब्बा भिरबाट खसेका छन् ।
डहरकी र रेती रेलवे स्टेशनको बिचमा दुर्घटना भएको हो । दुर्घटनापछि सो मार्गमा रेल सेवा बन्द गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । १५–२० यात्रु अझै पनि दुर्घटनास्थलमा फसेको हुन सक्ने र उद्धारको काम भइरहको स्थानीय अधिकारीले बताएका छन् ।