सिरहा : जिल्लाको लहान नगरपालिका १५ स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यू भएको छ । स्थानीय बमभोली दासकी अन्दाजी ५ वर्षीया छोरी कृतिका दासको मृत्यु भएको हो ।
बुवा–आमा घरमा नभएका बेला पोखरी छेमा खेल्दै गर्दा खसेपछि पोखरीमा डुबेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।