काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव पुष्पबहादुर बरुवालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । अमेरिकामा उपचाररत बरुवालको सोमवार राति निधन भएको हो ।
झापा कोरोबारी निवासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक तथा पाथिभरा विकास समितिका अध्यक्ष समेत रहेका थिए । केही वर्षदेखि परिवार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका पुगेका बरुवाल कोरोना संक्रमित भएर अमेरिकामै उपचाररत थिए ।
बरुवालका आमा, श्रीमती, दुई छोरा छन् ।