काठमाडौं : भारतको पश्चिम बंगालका विभिन्न तीन जिल्लामा सोमबार राति आएको तीव्र हावाहुरी सहितको ठूलो वर्षाका कारण परेको चट्याङमा परी २३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
चट्याङ लागेर हुगलीमा १०, मुर्शिदावादमा नौ, हावडा र पश्चिम मोदिनीपुरमा दुईरदुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश खेतमा काम गरिरहेकाहरु रहेका छन् । घाइते सातजनाको उपचार भइरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २/२ लाख र घाइतेका परिवारलाई ५०/५० हजार (भारतीय रुपैयाँ) दिने घोषणा गरेका छन् ।