टुडेखोज, जनकपुरधाम : महोत्तरीमा सोमवार मध्यराति डकैती भएको छ । लोहारपट्टी नगरपालिका ६ का रामकरण साहको घरमा अपरिचित पेस्तोलधारी समूहले डकैती गरेका हुन् ।
डाँका समूहले साहको घरबाट २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेको प्रहरीले जनाएको छ । लुटपाट गर्न आएपछि परोसीसँग गुहार माग्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि डाँकाहरुले गोली प्रहार गरेका थिए ।
घाईते गायत्रीको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । गायत्रीको दाहिने तिघ्रामा गोली लागेको र अनुसन्धान सुरु गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।