बिहारमा लकडाउन खुल्यो, तर रातिमा हिड्डुल गर्न नपाइने


भारतको बिहारमा लकडाउन सकिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन हटाइएको घोषणा मुख्यमन्त्री नितिश कुमारले ट्विटमार्फत गरेका हुन् ।

उनले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालिन कर्फ्यू जारी रहने बताएका छन् । लकडाउनले राज्यमा कोरोना नियन्त्रणमा सहयोग पुगेको र भीडभाडबाट भने अझै बच्नुपने उनको भनाई छ ।

बिहारमा ५० प्रतिशत कर्मचारी राखेर सरकारी तथा निजी कार्यालयहरु साँझ ४ बजेसम्म र पसलहरु साँझ ५ बजेसम्म खोल्न पाइने मुख्यमन्त्रीले घोषणा गरेका छन् ।

प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार १५:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ