काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद पुन: स्थापना हुने विश्वास व्यक्त गरेका छन् । उनले असंवैधानिक रुपमा विघटन भएकाले सर्वोच्च अदालत संसद पुनःस्थापना गर्ने उनको भनाई छ ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा मंगलबार प्रचण्डले संविधान अनुसार संसद विघटन नभएको दावी गरे । उनले भने, ‘अदालतले अन्ततः हेर्ने संविधान हो । संविधान अनुसार संसद विघटन भएको छैन ।’
उनले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुन स्थापना भएको स्मरण गर्दै भने, ‘त्योबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनस्स्थापना हुन्छ ।’
अहिले नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्ष, माधव नेपाल पक्ष र जनमोर्चा पनि संसद पुनस्स्थापना गर्नुपर्छ भन्दै आफ्नो साथमा रहेको बताएका छन् ।