महन्थ ठाकुरलाई हस्ताक्षर जुटाउन धौ–धौ, आयोगसँग थप ७ दिन मागे


काठमाडौंं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको हस्ताक्षर जुटाउन धौ–धौ परेको छ । उनले निर्णयको हस्ताक्षर बुझाउन निर्वाचन आयोगसंग थप एक साता समय मागेका हुन् ।

गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । सोही दिन अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए ।

जसपाको ५१ सदस्य केन्द्रीय कार्यकारिणी समिति रहेको छ । जसमध्ये १६ जना मात्र महन्थ ठाकुर पक्षका उभेका छन् । अन्य सबै उपेन्द्र यादव पक्षमा लागेपछि ठाकुर तनावमा परेका हुन् । उनले उपेन्द्र यादव पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई तान्ने प्रयास जारी गरेको बुझिएको छ ।

प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ