जनकपुरधाम : प्रदेश २ को मन्त्रीपरिषद् विस्तार भएका छ । सत्तारूढ जसपाले नेपाली कांग्रेसलाई तीन मन्त्रालय दिएर सरकारमा सहभागी गराएको हो ।
कांग्रेसका तर्फबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा बिकास र बिरेन्द्र सिंह महिला, बालबालिका तथा यूवा खेलकुद मंत्रीको शपथ लिएका हुन् । प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले उनी तिनै मंत्रीलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
शपथ ग्रहणका क्रममा प्रदेश प्रमुख झाले ‘ईश्वर’को नाममा भनेको ठाउमा मंत्रीहरुले ‘जनता’ उच्चारण गरेका थिए ।
मंत्रीको शपथ लिएका यादव कांग्रेस कांग्रेस संसदीय दलका नेता हुन् । धनुपाबाट प्रत्यक्ष निर्वाचित उनी कांग्रेसबाट नेतृत्व गरी सरकारमा सहभागी भएका छन् । पर्सा घर भएका शर्मा समानुपातिक र सिंह सर्लाही ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि उनी निकट मंत्री जितेन्द्र सोनल र तीन राज्यमंत्रीलाई बर्खास्त गरी मुख्यमंत्री लालबाबु राउतले कांग्रेसलाई सरकारमा सहभागी गराएको छ ।
माओवादीलाई पनि सरकारमा सहभागी गराउने छलफल जारी राखेको प्रदेशका आन्तरिक मामिला तथा कानून मंत्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
माओवादीले दुई मन्त्रालय मागेको तर सरकारले एउटा मन्त्रालय मात्र दिने भनेपछि सहमती नबनेको स्रोतले जनायो । माओवादीलाई २/४ दिन समय लागेपनि सरकारमा सहभागी गराउने बुझिएको छ ।