टुडेखोज, जनकपुरधाम : प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । बैठकमा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । आजको बैठकमा आ–आफ्नो पहिचान झल्किने पोशाक लगाएर २ः३० बजे नै उपस्थित हुन सभामुखले साँसदहरुसँग अपिल गरेका छन् ।
यसवर्षको नीति तथा कार्यक्रम कोभिड लक्षित हुने अर्थमन्त्री विजयकुमार यादवले बताइसकेका छन् । स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा रहने पनि उनको भनाई छ ।