टुडेखोज, जनकपुरधाम : भारतको मुम्बई शहर भारी वर्षाले डुबेको छ । अझै ४८ घण्टा भारी वर्षा हुने भन्दै मौसम विभागले रेडअलर्ट जारी गरेको हो ।
वर्षाले लाखौं मानिस प्रभावित भएका छन् । कैयौं हजार घर डुबानमा परेका छन् । सडकमा ३ फिटभन्दा बढी पानी जमेको छ । चारपाङ्ग्रे गाडी सडकमा तैरिरहेको दृष्यहरु देखिन थालेको छ । कोरोनाको कहरकै बेला भइरहेको वर्षाले मुम्बइबासीलाई संकटमा धलेको छ ।
लगातारको भारी वर्षाले बिहीवार राति मुम्बईमा एक चारतल्ले भवन खसेको छ । भवन खस्दा ११ जनाको मृत्यू र ७ जना घाईते भएको भारतीय मिडिया आजतकले उल्लेख गरेका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।