काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । स्रोतका अनुसार जसपा महन्थ ठाकुर पक्षका नेता राजकिशोर यादव उद्योग मन्त्री बन्दैछन् ।
बरिष्ट नेता राजेन्द्र महतो नेतृत्वमा यसअघि नै जसपाका ९ जना मन्त्री बनिसकेका छन् । यादवले भने १० दिने मन्त्री बनेर के गर्ने प्रतिक्रिया दिएका थिए । उनी पूर्व सञ्चारमन्त्री पनि हुन् ।
यस्तै माओवादी प्रदेश साँसदको पद छाडेर नेकपा एमालेमा पुगेकी ज्वालाकुमारी साह पनि मन्त्री बन्न लागेकी छन् । उनलाई कृषिमन्त्री बनाउन लागेको स्रोतले जनाएको छ ।
यस्तै, नारदमुनी राना वनमन्त्री, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सन्चारमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री, आशा विक वनराज्यमन्त्री बन्ने बुझिएको छ । नवनियुक्त मन्त्रीहरुका लागि आजै दिउँसो ४ बजे शपथग्रहण कार्यक्रम राखिएको छ ।