टिभी बहसको क्रममै कुटाकुट भएपछि…


एजेन्सी : पाकिस्तानमा एक टिभीमा समाचार बहसको क्रममा हात हालाहाल भएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेता फिरदौस आशिक वान र पीपीपी पार्टी नेता अब्दुल कादिर खान मन्डोखेलबीच हात हालाहाल भएको देख्न सकिन्छ ।

घटना पाकिस्तानी न्यूज च्यानल एक्सप्रेस न्यूजको एक कार्यक्रमको दौरान भएको हो । कार्यक्रम प्रस्तोता जावेद चौधरीको ‘कल तक’ भन्ने कार्यक्रममा दुवै नेताहरूलाई भ्रष्टाचार सम्बन्धी छलफलको लागि बोलाइएको थियो । बहसमा दुई नेताबीच चर्को बहस भएको थियो । बहसकै क्रममा आवेग संयममा राख्न नसकेपछि हात हालाहाल भएको हो ।

प्रकाशित : २०७८ जेष्ठ २७, बिहीबार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ