- ललिता विद्रोही
लोकतन्त्र प्राप्ति पछि समाज यतिधेरै दुर्गन्ध भएको छ कि शब्दमा उच्चारण गर्न पनि सकिने स्थिति छैन् । केही गलत मानिसहरूको कारण झनै समाज प्रताडित छन् । समाजको हरेक क्षेत्रमा यो समस्या सम्मानरुपमा छन् । समाजको युवा वर्गमा त झनै डरलाग्दो समस्याहरू छन् । चाहे त्यो दुर्व्यसनको क्षेत्रमा होस् वा समाजिक संजाल हुँदै अन्धो प्रेमको संजालको क्षेत्रमा होस् । जसको ताजा उदाहरण हुन जुलीको जीवन भोगाइ ।
मान्छे कति सम्म अपराधी हुदोरहेछ भन्ने कुरा आफ्नै आँखाले देख्न पाउँदा छक्क परें । निजी स्वार्थमा चुर्लुम बुडेका केही खान्दानी आदतीहरुछन्, जो यो धर्तीको बोझ बाहेक अरु केही पनि होइन । तर, समाज यस्तै बेमानहरुले चलाईरहेका छन् । र, उस्तै बेइमानीहरुको कुरा पत्याउनेको संख्या समाजमा धेरै छन् । यस्तै बेइमानीको चाँगुलमा फसेकी पात्र हुन् जुली । बुझ्दै जाँदा जुलीमाथि यतिसम्म अत्याचार भएको रहेछन् कि उनलाई साथसहयोग गर्नेलाई समेत सांसलिन नसक्नेगरी अत्याचारीले कुल्चिदा रहेछन् । यसको मारमा म स्वयं परें । तथापि अपराधीलाई कुनै गम छैन् । किनभने नक्कली पेशेवर प्रेमीहरुको अगाडि पुलिस प्रशासन र न्यायलय पनि झुक्दा रहेछन् । त्यो अनुभव पनि नगरेकी होइन ।
आखिर किन जन्मिन्छन् यस्ता कुपात्रहरु यो समाजमा रु सायद लाग्छ यस्तै उस्तैहरुको संगम थलो रहेछ समाजको बनोट । सानैदेखि दिनदुखीहरुको पक्षमा उभिने र लड्ने मेरो बानी हो । म मेरो माथिको अत्याचार मात्र होइन अरु माथिको अत्याचार पनि सहन गर्न सक्दिन । त्यसमा पनि महिला माथिको अत्याचार र हिंसा त झनै सहन गर्न सक्दिनँ । त्यसैले समाजसेवामा पनि मेरो ठूलो योगदान रहँदै आएको छ । मेरो रुचिको क्षेत्र पनि हो । यस्तै क्षेत्रमा काम गर्दै गर्दा जुली सडकमा भेटिएकी मेरो जीवनकै नमुना पात्र हुन् । उनको जीवन भोगाइ ठूलो छ । तर, मसँग पहिलोपटक भेट हुँदादेखिको सानो भोगाइ यहाँ प्रस्तुत गर्न खोजेकी छु ।
देशमा दोस्रो चरणको कोभिडको लहरसँगै राजनीतिक संकटको कहर पनि उतिकै थियो । म कुनै पार्टीको राजनीतिक कार्यकर्ताको हैसियतले देशको गलत राजनीतिको भन्डाफोर गर्न हातमा मशाल बोकेर चौकतिर हिँडेकी थिएँ । प्रहरी चौकी अगाडि मानिसको ठूलो भिड थियो । त्यो भिडको बीचमा जुली रुँदै कराउँदै थिइन्, एउटा पागल जस्तै । म उसको अगाडि परेपछि दिदी भन्दै अँगालोमा बेरीन । म निकै भावुक भएँ । म उनको पीडाको बास्तबिकता बुझ्न निकै लालायित भएँ । तबसम्म उनी एक्लै प्रहरी समक्ष उजुरी गरिसकेकी रहिछन् । बाँकी विषय दोस्रो चरणमा पुरा गर्ने प्रतिबद्धताका साथ उनी बाहिरिएकी थिइन् । मैले उनलाई बोकेर कार्यक्रमतिर लगें । कार्यक्रमबाट फर्केपछि उनकै दुखनामातिर लागें । कार्यक्रममा मेरो साहासिक गतिविधि देखेर जुली मलाई विद्रोही दिदी भन्न थालिन् ।
बाहिर हेर्दा हजारौंमा एक देखिने जुली । रुपमा मात्र होइन कि उनको बोली, विचार र साहसमा पनि सुन्दरर्ताको पराकम्पन्न उतिकै देखिन्थ्यो । यति भनेपछि उसको हरेक सौन्दर्यता पक्ष कति प्रशंसनीय थियो आफै अनुमान गर्नुस् । जबकि एउटी महिलाले अर्की महिलाको यति धेरै बयान गर्न उदाहरण नै मान्नुपर्छ । यतिसम्म कि उनी रुँदा पनि उनको आँसुमा सुन्दरता नै देखिन्थ्यो । जुली पहाडी समुदायकी चेली थिइन । मधेसको सुशान्तसँग उनको प्रेम बस्यो । तर, त्यो प्रेम पनि कस्तो कस्तो महसुस हुने खालको । घडी एकतर्फी प्रेम देखिन्थ्यो त घडी दुईतर्फी नै एकअर्कालाई माया गरेको जस्तो भान हुन्थ्यो । तर बुझ्दै जाँदा केटा त पुरै पेशेवर नक्कली प्रेमी रहेछ । उनलाई विवाहको प्रलोभनमा पारेर अर्को घर बिगारेर जुलीको जीवन सडकमा पछाडि दिएको रहेछन् । र, उसलाई महिनौंदेखि होटेलमा राखेर बन्धकी बनाएर पुरै शोषण गर्दै आइरहेको रहेछन् ।
मैले सबै कुरा सुन्नासाथ मन सिरिंग गयो । म आक्रोशित भएँ । र, उभिदिएँ खुल्लेआम जुलीको पक्षमा । नक्कली प्रेमको जालमा परेकी जुलीको जीवन घर न घाटको भएर मजबुरमा परेकी रहेछिन् । तर पनि जुलीले सुशान्तलाई मनै देखि प्रेम गर्दा रहिछन् । उनलाई जीवनसाथी बनाउन हरेक कदम चाल्ने प्रयास गरेकी रहिछन् । तर भाग्यले नै ठगेपछि कसैको कुनै शीप नचल्ने रहेछ ।
जुली धेरै इमानदार, सोझी र संस्कारी छिन् । अन्तमा बैगुनीलाई छोडेर अलपत्र पारेकी छिन् । जिन्दगीबाट निरास भईसकेकी उनी साँझ परेपछि सुशान्तसँग अन्तिम पटक प्रेमको जबर्जस्त भिख माग्न पुग्छिन् । तर, उनको अगाडि उही विगतमा झैं भोकाएको बाध जस्तै झम्टिन् पुग्छन् । नानाथरीको आश्वासन दिन्छन् । विहेको पुरानै सपना बाँड्छन् । घर लगेर बेहुली बनाएर घरप्रवेश गराउने नक्कली वाचा गर्छन् । जुलीले नमानेपछि आफ्नो पुरानै सर्त तेर्साएपछी सुशान्तले फकाउने अभिनय गर्छन् । जुलीलाई खाजा खाने ठाउँमा लगेर खाजा समेत खुवाउँछिन् । सुशान्तले जुलीको खाजामा नशालुपदार्थ हालेर लठ्ठ पार्छन् । लठिएकै अवस्थामा जुलीलाई होटलमा लगेर रातभर आफ्नो यौन प्यास मेटाउँछन् । उनको सबै कुरा नियन्त्रणमा लिन्छन् । भोलिपल्ट बाइकमा चढाएर बजारतिर लान्छन् । एकक्षिण पर्खिनु म एक ठाउँबाट पुगेर आइहाले भनेर सुशान्त निस्किन्छ । तर, उनी फर्केर आउँदैन् । जुलीलाई सुशान्तले सडकमै छोडेर फरार भएपछि उनको भविष्य एकाएक सडकमा पछाडिन्छन् । जुलीको सबै बाटो बन्द भएपछि नजिकैको प्रहरी कार्यालयमा पुगेकी रहिछन् । सोही क्रममा मसँग भेट भएकी रहिछन् ।
यसरी सुशान्त र उनको परिवारको कारण मधेस जुलीको भविष्य मात्र होइन । पुरै मधेसको भविष्यमाथि प्रश्नचिह्न खडा गरिदिन्छन् । तर, मधेसमा सबै त्यस्तै हुँदैन । अपरिचित जुलीलाई पनि साथ दिने मानिसहरु पनि रहेछन् भनेर एउटा उदाहरण खडा हुन्छन् । जुली खुशी हुन्छिन् । र, आफूमाथिको अन्याय अत्याचार विरुद्ध विद्रोहीसँगै एउटा नयाँ विद्रोही थपिन्छन् । र, नयाँ धाक धम्की र षड्यन्त्रको विरुद्ध जुली शिरमा कफन बाँधेर सादाबाहार रुपमा स्वतन्त्र हुन्छिन् । पटकपटक सुशान्त र जुलीको सम्बन्ध जीवन साथीको रुपमा फेरियोस् भनेर पहल सुरु हुन्छ । तर, जातीय विभेद तथा दाइजोप्रथाको समाजमा सबै प्रयास जुलीको लागि असफल हुन्छ । जुलीको नजरमा सुशान्त प्रेम अपराधी ठहरिन्छ ।
दुनियाँको नजरमा पनि उनीहरुको प्रेम नक्कली ठहरिन्छ । अहिले जुली सत्यको पक्षमा छिन् । न्यायको खोजीमा छिन् । उनलाई साथ सहयोग दिने र संरक्षण गर्नेहरुसँग मिलेर पुरकको रुपमा जीवनभर वैचारिक सम्बन्ध राखेर यसखाले अन्याय, अत्याचार र समाजिक हिंसाका विरुद्ध मिलेर डटेर सामना गर्ने बाटोमा अविचलित हिडिरहेकी छिन्, एक विद्रोही महिलासँग । (ललिता विद्रोही– जसपा मधेस प्रदेश कमिटी सदस्य र महिला हिंशाविरुद्धको अभियानी हुन् ।)