काठमाडौं : खगेन्द्र संग्रौला, नारायण वाग्लेसहितका नागरिक अगुवालाई वालुवाटारबाट प्रहरीले समातेको छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले समातेको हो ।
वृहत नागरिक आन्दोलनका २० अगुवालाई प्रहरीले समातेको बुझिएको छ । उनीहरु सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध उनीहरु प्रदर्शनको तयारी गरिरहेका थिए ।
सोहीक्रममा प्रहरीले समातेर उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी लगिएको छ ।निषेधाज्ञाको समयमा प्रदर्शनमा उत्रिएपछि केहि नागरिक समाजका अगुवालाई नियन्त्रणमा लिएको कमलपोखरीका डिएसपी खुमलाल भुसालले जानकारी दिए ।