जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले कोरोनाबाट प्रभावित नागरिकका लागि राहत प्याकेजको घोषणा गरेको छ । शुक्रबार कार्यपालिका सदस्यको बैठकले कोरोनाबाट प्रभावित बनेका नागरिकका लागि राहत प्याकेजको घोषणा गरेको हो ।
गत वैशाखयता कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई ५० हजार, कोरोना संक्रमण भई अस्पातलमा भर्ना भई उपचार गरेकालाई १५ हजार र होम आइसोलेसनमा बसेकालाई ५ हजार दिने निर्णय गरेको नगर प्रमुख योगेन्द्र पञ्जियारले जानकारी दिए ।
संक्रमण पुष्टि भएको कागजातसहित पीडित परिवारले पालिकामा सम्पर्क गर्दा एक हप्ता भित्रै राहत पाउने बताइएको छ । प्रदेश २ मै पहिलो पटक क्षिरेश्वरनाथ नगरपालिकाले कोरोनबाट प्रभावितका लागि राहत प्याकेजको घोषणा गरेको हो ।