टुडेखोज, जनकपुरधाम : कोरोना महामारीका कारण रगतको अभाव भइरहेका बेला जनकपुर जेसीजले रक्तदान कार्यक्रम गरेको छ । पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ जुली महतोको प्रमुख आतिथ्यमा जेसीजले रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् । मानवताको सेवा जीवनको सर्वोतम कार्य हो भन्ने आस्था बोकेर गरिएको रक्तदान कार्यक्रममा जेसी उपेन्द्र साह लगायतले रक्तदान गरे । उक्त कार्यक्रम जेसी मुकेश साहको संयोजकत्वमा सम्पन्न भएको छ ।
रेल्वे स्टेशनमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री महतोलाई आयोजक संस्थाले सम्मान समेत गरेको छ । पूर्वमन्त्री महतोले रक्तदान गरेकाहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

