टुडेखोज, जनकपुरधाम : नेकपा एमालेका साँसद लगनलाल चौधरीले सबैकाम छाडेर अस्पताल बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् ।
प्रदेशसभा बैठकमा जारी नीति तथा कार्यक्रम छलफलमा भाग लिँदै साँसद चौधरीले कोरोनाको तेस्रो लहर आउन लागेको भन्दै चौथो लहरको तयारीमा पनि लाग्नुपर्ने सुझाए । उनले भने, ‘स्वास्थ्य क्षेत्रमा विशेष जोड दिएन भने ठूलो समस्या निम्तिने छन् । त्यसैले सब काम छाडेर शिक्षा क्षेत्र सुधार गर्नुस् ।’
लहान घर भएका साँसद चौधरीले सिरहामा कोरोनाको भयावह अवस्था रहेपनि सरकार केहि गर्न नसकेको गुनासो गरे । उनले स्थानीय सरकार र प्रदेश सरकारको सहकार्य अभाव देखिएको र त्यही कारण जनता समस्या भोगिरहेको बताए ।
उनले भने, ‘२५÷२६ जिल्लामध्ये सबभन्दा बढी सिरहा जिल्ला प्रभावित बनेका छन् । संक्रमितहरु उपचार पाइरहेका छैन । तसर्थ सिरहामा विशेष ध्यान दिन मुख्यमन्त्रीलाई भन्न चाहन्छु । सम्भव छ भने आजै फोन गर्नुस् ।’