काठमाडौं : प्रदेश २ प्रमुख राजेश झा अहिराजले मन्त्रिपरिषद समावेशी बनाउन भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई पत्र पठाएका छन्।
प्रदेश सरकार समावेशी चरित्रको नभई संघीयताको मर्मविपरीत रहेको भन्दै अहिराजले पहाडी समुदायलाईसमेत सहभागी गराएर मन्त्रिपरिषद गठन गर्न मुख्यमन्त्री राउतलाई पत्र पठाएका हुन् । प्रदेशभित्र रहेका पहाडी समुदाय, दलित र महिलाको समावेशिताप्रति प्रदेश सरकारको भूमिका प्रष्ट नरहेको पत्रमा भनिएको छ ।
संघीयता र समावेशिताका मूल मर्मअनुसार सरकार चल्न नसके गणतन्त्रका साथै संघीयतामाथि विश्वास घट्ने भएकोले त्यसतर्फ ध्यान पुर्याउन मुख्यमन्त्रीलाई अनुरोध गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । हालै मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री राउतले महिला र दलित समुदायलाई सहभागी नगराएको भन्दै आलोचना भइरहेको छ ।



