काठमाडौं : अभिनेत्री मनीषा कोइरालाले कोभिड महामारीमा पनि अग्रपंतिमा रहेर खटिरहेको नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।
उनले आइतबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् । मनीषाले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी हुन् ।
उनले अग्रपंक्तिमा खटिएका प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘यस्तो जोखिमपूर्ण अवस्थामा पनि हामीलाई सुरक्षित राख्न खटिरहेको प्रहरीलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भनेकी छन् ।