काठमाडौं : बृहत् नागरिक आन्दोलनका अगुवा तथा प्रसिद्ध लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुन्डा कमाण्डरको संज्ञा दिएका छन् । बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्ध दिन भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई धम्की दिइएको खबर सार्वजनिक भएपछि लेखक संग्रौलाले प्रधानमन्त्रीलाई गुण्डा कमाण्डर भनेका हुन् ।
आयोगका उपाध्यक्ष डा. गिरीलाई आफ्नो सरकारी निवास (बालुवाटार)मै बोलाएर प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर बी एन्ड सीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको र उनको ज्यान असुरक्षामा परेको भन्दै आइतबार बृहत् नगारिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले सुरक्षा माग गरेका छन् । लेखक संग्रौलाले बालुवाटार (प्रधानमन्त्रीको निवास) गुन्डाको अखडा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ गुन्डा तथा प्रधानमन्त्री ओली गुन्डाको नाइके भएको आरोप लगाएका हुन् ।
लेखक संग्रौला प्रधानमन्त्री ओलीका कट्टर विरोधी हुन् । उनी ओलीलाई तिखो आलोचना गर्छ पछि पर्दैन् । दुई दिनअगाडी मात्रै सरकारको कदमविरुद्ध प्रदर्शन गर्न सडकमा निस्किदा उनीसहित दर्जनौं नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।