काठमाडौं : सोमबार थप २ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो ।
पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ मा पोजेटिभ देखिएको थियो । देशभर पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनाबाट निको भएका छन् ।
त्यस्तै ५३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट ८ हजार ४६५ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट मृत्यू हुनेको संख्या घटेको हो ।