महोत्तरीमा ९ घण्टा बजार खुल्ने ! हेर्नुस् सूचना


टुडेखोज, जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञाका बेला पनि सिमित पसलहरु ९ घण्टा खोल्न दिने सूचना जारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि महोत्तरीमा करिब डेढ महिनादेखि जारी निषेधाज्ञा अझै एक हप्ता लम्ब्याउने निर्णय प्रशासनले गरेको हो ।

तर निषेधाज्ञाका बेला पनि विहान ६ बजेदेखि ११ बजेसम्म (५ घण्टा) खाद्यान्न, दुध÷डेरी, फलफूल र ग्याँस पसल खोल्न दिने भएको छ । यस्तै दिउँसो १ बजेदेखि ५ बजेसम्म (४ घण्टा) कृषिजन्य पसल, हार्डवेयर पसल र पुस्तक पसलहरु खोल्न दिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै शैक्षिक संस्था र अन्य पसलहरु भने ठप्प नै रहनेछ । सार्वजनिक सवारी साधनको विषयमा पनि कुनै निर्णय भएको छैन । हेर्नुस् सूचना :

प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ