टुडेखोज, जनकपुरधाम : महोत्तरीको कठुधार अस्थायी प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान घुस लिँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रहरी जवान रामविश्वास साहले घुस लिएको भिडियो न्यूज२४ टिभीका पत्रकार ललन मण्डलले क्यामेरामा कैद गरेका हुन् । पत्रकार मण्डलले भिडियो लिएको देखेपछि प्रहरी जवान साह घुस रकम (५० रुपैयाँ) फालेका थिए ।
प्रहरीले सडकमै फालेको रुपैया पत्रकारले हातमा लिएर यो रुपैया किन फालेको भन्ने प्रश्न गरेपछि विवाद भएको भिडियोमा हेर्न सकिन्छ । प्रहरीले पत्रकार मण्डललाई दुव्र्यवहार गर्ने प्रयास पनि गरिएको छ ।
सम्सीबाट बर्दिबास जानेक्रममा मार्बल बोकेको भारतीय नम्बर प्लेटको ट्रक चेकजाँच गर्ने क्रममा प्रहरीले लोभरलोडको बहानामा घुस लिएका थिए । प्रहरीले त्यहाँ दिनरात घुस लिने गरेको स्थानीय बताउँछन् ।