धरान : सप्तकोशी नदीमा पानीको केही बहाव बढेको छ । तर कुनै खतरा नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालले बताएका छन् ।
अहिले कोशीमा पानीको बहाव ६४ हजार क्युसेक रहेको छ । सिडिओ ढकालले पूर्वी पहाडी जिल्लामा वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुनु स्वाभाविक भएको बताए । भने, ‘पानीको बहावमा वृद्धि भएपनि कुनै खतरा छैन ।’
कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ । सिडिओ ढकालले भने, ‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । त्यहाँ अहिले ६४ हजार क्युसेक रहेको छ, ६४ हजार क्युसेक भनेको समान्य हो ।’ किनार आसपासको क्षेत्रमा निरन्तर अवलोकन गरिरहेको उनको भनाई छ ।