टुडेखोज, जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया आज गृहजिल्ला धनुषा आउँदैछन् । मन्त्री बनेपछि उनी पहिलो पटक गृहजिल्ला धनुषा आउन लागेका हुन् ।
मन्त्री अरगरिया दिउँसो १ बजे जनकपुरधाम आइपुग्ने बताइएको छ । उनलाई भव्य स्वागत गर्ने कार्यक्रम छ । उनी जनकपुरधाम आएलगत्तै पूजापाठ गर्न जानकी मन्दिर पुग्नेछन् । त्यसपछि विभिन्न ठाउँमा आयोजित स्वागत कार्यक्रममा उनी सहभागी हुने बुझिएको छ ।
उनी गृहजिल्ला आएपछि क्षेत्रका जनता, नेता र कार्यकर्तासँग भेटघाट तथा भलाकुसारी गर्ने कार्यक्रम पनि रहेको छ । असार ५ गतेसम्म धनुषामा रहने र विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
धनुषा क्षेत्र नम्वर २ बाट निर्वाचित साँसद अरगरिया मन्त्री बनेको पहिलो दिन नै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न आवश्यक अध्ययन तथा अनुसन्धानका लागि समिति गठन गरे ।