टुडेखोज, जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । उनी मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका हुन् ।
जनकपुर प्रवेश गरेलत्तै मन्त्री अरगरियालाई जसपा नेता, कार्यकर्ता र समर्थकले भव्य स्वागत गरियो । हंसपुर नगरपालिका ६ सोनिगमाका जसपाका युवा नेता राजेश यादवले मन्त्री अरगरियालाई १०१ किलोको मालाले स्वागत गरे ।
युथ एक्सन फोर्स, जनकपुरका अध्यक्ष एवं युवा नेता प्रशान्त झा र
नेकपा एमालेका भाृत संगठन यूवा संघसँग आवद्ध युवाहरु पनि मन्त्री अरगरियालाई स्वागत गरेका छन् । मन्त्री अरगरियाले भोली प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।