टुडेखोज, जनकपुरधाम : सिरहाको लहानकी समाजसेवी संगीता कर्माचार्य निधनको १२ औं पुण्य तिथिमा दलितलाई भोजन गराइएको छ । संगीताका श्रीमान महेश चौधरीले दलितलाई भोजन खुवाएका हुन् ।
काँग्रेस नेता समेत रहेका महेशले भने, ‘स्वर्गिय संगीताले सुरु गरेकी समाजसेवा कामलाई निरन्तरता दिन लहान नगरपालिका ३ का दलित बस्तीका ५ सय मुसहर र पासवानलाई भोजन गराई १२ औं दिनको समपिण्डन काम सम्पन्न गरेँ ।’ उनले आफू समाजसेवा कार्यलाई निरन्तरता दिने बताएका छन् ।
समाजसेवी संगतीताको कोरोना संक्रमणबाट निधन भएको छ । उनी कोरोनाको पहिलो लहरबाट पीडित लहानका हजारौं परिवारलाई राहत बाँडेकी थिइन् । उनको निधनले लहानबासी दुःखी बनेका छन् ।