टुडेखोज, जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया आज साँझ जनकपुरस्थित जानकी मन्दिर र राजदेवी मन्दिर पुगेर पूजाअर्चना गरेका छन् ।
जानकी मन्दिरका सहायक महन्थ रोषण दास बैठकले मन्त्री अरगरियालाई स्वागत गरे । मन्त्री अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न आवश्यक प्रक्रिया अगाडी बढाएका बताए ।
जानकी मन्दिरबाट पूजापाठ सकेलगत्तै मन्त्री अरगरिया सपरिवार राजदेवी मन्दिर पुगे । त्यहाँ करिब आधा घण्टा पूजापाठ गरेका छन् । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आएलगत्तै उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ ।