काठमाडौं : श्रम तथा रोजगार मन्त्री विमल श्रीवास्तवले प्रधानमन्त्रीको आशीर्वादले जिम्मेवारी पाएको बताएका छन् । एक अन्तरवार्तामा उनले भनेका छन्, ‘श्रम मन्त्रालय मेरो रोजाई होइन्, प्रधानमन्त्री ज्यूको रोजाई नै हो ।’
जसपा महन्थ ठाकुर पक्षबाट मन्त्री बनेका श्रीवास्तव भन्छन्, ‘कुरा मिल्यो मिल्यो भने अर्को चुनावसम्म पनि गठबन्धन कायम रहन सक्छ, मिलेन भने भोलि नै टुंगिन सक्छ ।’ हाम्रो मुद्दामा प्रधानमन्त्री ज्यू एकदमै सकारात्मक हुनुहुन्छ, केहि सम्बोधन भएको छ, बाँकी मुद्दा सम्बोधन भए उहाँको प्रत्येक पाइलामा साथ दिएर अघि बढ्छौं– उनले थपे ।
‘संघीय सरकारमा प्रदेश २ का धेरै मन्त्री हुनु प्रदेश २ का लागि सौभाग्य हो, मन्त्री श्रीवास्ताव भन्छन्, ‘तर हामीले प्रदेश २ का लागि मात्रै काम गर्ने होइन । जहाँसम्म समावेशीको कुरा छ, हामीले सकेसम्म सबै क्षेत्रलाई समेट्ने प्रयास गरेका हौं ।’ चाहे जति समावेशी बनाउन नसकिएको सत्य हो भन्दै यसलाई आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने उनको भनाई छ ।