जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री उमाशंकर अरगरियाले जनकपुर- अयोध्या (भारत) उडान छिट्टै सुरु हुने बताएका छन् ।
जनकपुर विमानस्थलको आज निरीक्षण गर्दै मंत्री अरगरियाले भने, ‘कोरोना महामारीका कारण अहिले विमानस्थल बन्द छ । संचालनमा आएलगत्तै अयोध्या उडानका लागि आवश्यक प्रक्रिया अगाडी बढ्छ ।’ उनले धावनमार्ग र पार्किंग विस्तार गर्न पनि आवश्यक काम अगाडी बढाउने बताए ।
उनले अन्तरदेशिय उडान पनि छिट्टै सुरु हुने मंत्री अरगरियाले विश्वास दिलाए । उनले ‘जनकपुरधाम विमानस्थल’ नामाकरण गराउने प्रस्ताव पनि मन्त्रिपरिषद्मा लग्ने र निर्णय गराउने प्रतिबद्धता जनाए ।