काठमाडौं : नेपाल आयल निगमले मेलम्चीका बाढी पीडित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर उपलब्ध गराएको छ ।
निगमले जिल्ला दैवीप्रकोप कोषसँगको समन्वयमा बाढी प्रभावितलाई ग्यास उपलब्ध गराएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । सुरुमा २५० वटा ग्यास सिलिण्डर उपलब्ध गराएको उनले बताए । आवश्यकताको आधारमा थप सहयोग पनि गर्ने उनको भनाई छ ।
बाढीका कारण धेरै घर डुवानमा परेपछि स्थानीय समस्यामा परेका छन् । राहत स्वरुप निगमले आफ्नै खर्चमा ग्यास सिलिण्डर उपलब्ध गराएको पौडेलले बताए ।