जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री उमाशंकर अरगरियाले धनुषाको हंसपुर नगरपालिकाको आठौं नगरसभाको उद्घाटन गरेका छन् ।
नौवाखोइरस्थि कोभिड अस्थायी अस्पताल परिसरमा नगरसभा आयोजना गरिएको छ । नगरसभामा नगर प्रमुख रामज्ञान मण्डलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नगरप्रमुख मण्डलले स्वास्थ्य, शिक्षा, कृषि र भोतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार एकल महिलालाई पूर्ण अनुदानमा गाई, भैंसी, बाख्रा वितरण गरिनेछ । यस्तै दुध चिस्यान केन्द्रको स्थापना गरिनेछ ।
अनुत्पादक खर्चको कटौती र उत्पादक क्षेत्रमा लगानी गर्ने नीति लिएको नगरप्रमुख मण्डलले बताए । नगरसभामा पुगेका मंत्री अरगरियालाई भव्य स्वागत गरिएको थियो ।