काठमाडौं : नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोले ध्यान खिचेको छ ।
सामाजिक सञ्जालमा भाइरल बनेको सो भिडियोलाई प्रमुख गेहब्रेयसले सेयर गर्दै स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । नेपालमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थानबाट अर्को स्थानमा पुर्याउनका लागि गरेको प्रयत्नको प्रशंसा गरेका हुन् ।
भिडियोमा यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै देखिन्छ । डब्लुएचओका निर्देशक डा.टेड्रोसले पनि यो भिडियोमा प्रतिक्रिया नजनाइरहन सकेनन् । उनले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।