काठमाडौं : एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले बबबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको छ ।
उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए ।
उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।