काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति परिसरभित्रै राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश गरेका छन् । पशुपति क्षेत्र विकास कोषको निरीक्षण गर्न पुगेका मन्त्री अरगरियाले राम मन्दिरको पनि शिलान्यास गरेका हुन् ।
भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम शुरू भएको छ । ७ करोड लगानीमा आगामी साढे दुई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण शुरू भएको बताइएको छ ।शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए ।
उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए । मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए ।
साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने मन्त्री अगरियाले प्रतिवद्धता जनाएका छन् ।