जनकपुरधाम : कोरोना महामारीको जोखिम कायम रहेको भन्दै पर्सामा फेरी निषेधाज्ञा थपिएको छ । स्थानीय प्रशासनले असार १३ गतेसम्मका लागि निषेधाज्ञा थपेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारी कार्यालयहरु भने स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गराइ खुल्ने जानकारी दिए । उनका अनुसार अहिले जारी गरिएको निषेधाज्ञा अवधिमा स्थानीय तहअनुसार आलोपालो मिलाइ भीड भाड नहुने गरी सरकारी, सार्वजनिक, निजी कार्यालयरनिकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गराउने पाउने छन्।
निषधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन चल्ने छैन । सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, सैलुन, ब्युटी पार्लर, जिमखाना पनि बन्द रहनेछ । शैक्षिक संस्था पनि सञ्चालन गर्ने निर्णय गरिएको छैन ।