जनकपुरधाम : अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइदैछ । जनकपुरधामको गंगासागर डिलमा पनि योग दिवस मनाएको हो ।
जानकी जन्मभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरको आरती घाटमा पर्यावरण संरक्षण अभियन्ताहरुले योग दिवस मनाएको प्रदेश सांसद राम अशिष यादवले जानकारी दिए ।
योग प्रशिक्षक कृष्ण चन्द्र साहको कुशल संयोजनमा मानव स्वास्थ्य तथा समृद्धिका लागि प्रदेश, देश र महादेशमा योग, प्रणयको महत्व, विशेषता र मानव स्वास्थ्यका लागि अति लाभदायक रहेको दिव्य सन्देश दिदै योग दिवस मनाइएको उनले उल्लेख गरेका छन् ।
