नेपालमा कोरोनाः सोमबार पनि ४६ जनाको मृत्यू, कति संक्रमित थपिए ? हेर्नुस्


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ५८३ पीसीआर र ४ हजार ३२१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९७ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ६ लाख २२ हजार ६४० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ५९ हजार ९२८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० जना रहेको छ ।

२४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७७२ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७८ असार ७, सोमबार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ