जनकपुरधाम : महोत्तरीमा पनि खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको छ । असार १५ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
मंगलबारदेखि निजी सवारी साधन चल्न दिने गरी निषेधाज्ञा थपिएको उनले बताए । जिल्लामा भिडभाड हुने बाहेकका पसलहरु दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय भएको छ । यस्तै सर्लाहीमा पनि खुकुलो पारेर निषेधाज्ञाको समय थप गरिएको छ ।
असार १४ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पौडेलले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको अवधिमा बिहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न दिइनेछ ।