काठमाडौं : आजदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द कार्यालयहरु आजदेखि सेवा प्रवाह हुने गरि खुल्ने भएका हुन् । यद्यपि, निषेधाज्ञाका बीचमै पनि सेवाग्राहीको लागि कार्यालय बन्द रहे पनि आन्तरिक प्रशासनिक प्रयोजनको लागि भने कार्यालयहरु खुल्लै थियो ।
आजदेखि आम नागरिकले अधिकांश मालपोत कार्यालयबाट आलोपालो सेवा पाउने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले बताए । पौडेलले भने, आजदेखि देशभरका मालपोत खुल्छन् र पालिका अनुसार सेवाग्राहीले सबै प्रकारका सेवा लिन सक्नुहुन्छ ।’
पौडेलका अनुसार भीडभाडका कारण हुने कोरोना जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह अनुसार आलोपालो सिस्टम गरी सेवा प्रवाह हुनेछ । कार्यालयले सीमित कर्मचारी राखेर सेवा सञ्चालन गर्ने जनाएको छ ।