एजेन्सी : कोरोना नियन्त्रणका लागि भन्दै गत वर्षदेखि सीमा बन्द गरेको उत्तर कोरियामा खाद्य संकट चरम अवस्थामा पुगेको छ । प्योङयाङमा एक प्याकेट कफीका लागि १०० डलर, सानो एक प्याकेट चियाका लागि ७० डलर र एक किलो केराका लागि ४५ डलर तिर्नुपर्छ ।
यस्तै एक बोतल स्याम्फूलाई २०० डलर पर्छ । चामल र इन्धनको मूल्य नबढेपनि चिनी, स्वायबिन तेल र फलफूलको मूल्य अकासिएको छ । अहिले यो समाचार सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।