तृणमूल कांग्रेसकी सांसद नुसरतको वैवाहिक मुद्दा लोकसभामा पुगेको छ। भारतीय जनता पार्टीकी सांसद संघमित्रा मौर्यले सभामुख ओम बिडलालाई चिठी लेख्दै नुसरतको सांसद पद रद्द गर्न माग गरेकी छन् ।
मौर्याले चिठीमा नुसरतको आचरण अमर्यादित रहेको, वैवाहिक सम्बन्धलाई लिएर भोटरहरुलाई धोका दिएको आरोप लगाएकी छन् । नुसरतकै कारण संसदको गरिमामा समेत आँच पुगेको चिठीमा उल्लेख छ ।
मौर्याले संसदमै पनि बेहुली बनेर आएको, बंगालका मुख्यमन्त्री ममता बनर्जी स्वयं नुसरतको रिप्शेसन पार्टीमा गएको तर अहिले आफ्नै वैवाहिक सम्बन्धलाई अवैधानिक रहेको बताउनु नुसरतको आचरणमाथि प्रश्न उठाएकी छन् ।
पति निखिल जैनसँग नुसरतले टर्कीमा विवाह गरेकी थिइन् । तर विगत ६ महिनादेखि उनी अलग्गै बस्दै आएकी थिइन् । यसबीचमा नुसरत गर्भवती बनिन्। उनी गर्भवती भएपछि वैवाहिक सम्बन्धलाई लिएर टीकाटीप्पणी सुरु भएको थियो ।
पछिल्लो समय नुसरत अर्कैसँग प्रेम सम्बन्धमा रहेको र गर्भमा रहेको बच्चा पनि उनैको भएको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् ।