काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको अन्तरिम आदेशको स्वागत गरेका छन् ।
मंगलबार यादवले मन्त्रिपरिषद् विस्तारको निर्णय खारेज गर्ने सर्वोच्चको आदेशलगत्तै संक्षिप्त प्रतिक्रियामा सर्वोच्चले सही निर्णय गरिदिएको बताए । ‘यो देशमा सबैभन्दा बढी संविधान उल्लंघन गर्ने प्रधानमन्त्री हो,’ यादवले भने, ‘अब संवैधानिक निकाएका असंवैधानिक नियुक्ति पनि खारेज हुनुपर्छ ।’
महन्थ ठाकुर पक्षका मंत्रीहरु पदमुक्त भएपछि उपेन्द्र यादव पक्षका नेता कार्यकर्ता खुशी मनाइरहेका छन् ।