टुडेखोज, जनकपुरधाम : प्रथम मधेस आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गिय कृष्णबहादुर यादवका परिवारलाई प्रदेश २ सरकारले आर्थिक सहयोग गरेको छ ।
मंगलवार स्वर्गिय यादवको छोरा लोकचन्द्र यादवलाई प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले ५ लाखको चेक हस्तान्तरण गरे । केहिदिन अगाडी मात्रै यादवको निधन भएको थियो । उनको निधनपछि मन्त्री यादवले आर्थिक सहयोगको आश्वासन दिएका थिए ।
स्वर्गिय यादवकै नेतृत्वमा २०६२/०६३ को पहिलो मधेस आन्दोलनका क्रममा लहानमा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा रमेश महतो प्रथम सहिद भएका थिए । त्यसैले यादवलाई मधेस आन्दोलनको नाइके मानिन्छ ।