जनकपुरधाम : धनुषाका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई मंगलवार राहत वितरण गरिएको छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाले समस्यामा परेका उनीहरुलाई राहत वितरण गरिएको हो ।
निलहिरा समाजको संयोजन र सुनौलो बिहानी समाजको सहकार्य तथा कुशुम पौड्यालको विशेष सहयोगमा राहत विरण गरिएको जुनु चौधरीले जानकारी दिइन् । उनका अनुसार धनुषाका ३० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राहत स्वरुप चामल, दाल, तेल, साबुन, मास्क लगायतका सामग्री वितरण गरिएको छ ।
आर्थिक स्रोत नहुनु, समाजमा विभेद र लान्छना लगाउने, परिवारमा अबहेलना गर्ने जस्ता समस्याबाट उनीहरु पीडित भएको उनले बताएकी छन् ।