सिरहा : मर्मत नगराएको भन्दै हिलाम्मे सडकमा यूवाहरुले रोपे धान


जनकपुरधाम : सडक मर्मतको माग गर्दै सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित हिलाम्म सडकमा स्थानीय युवाले विरोधस्वरुप रोपाइँ गरेका छन् ।

वडाध्यक्ष राजु श्रेष्ठ र मेयर हरिनारायण चौधरीलाई सडक मर्मत गर्न पटक–पटक आग्रह गरे पनि वास्ता नगरेको भन्दै उनीहरुले सडकमै धानको बिऊ रोपेर विरोध गरेको स्थानीय रामकुमार महतोले जानकारी दिए ।

उनका अनुसार करिब ४ सय मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको छ ।

धान रोपेका युवा खगेश्वर यादव भन्छन्, ‘जनप्रतिनिधिले सडक मर्मत गरिदिएनन् । त्यसैले हामी विरोधस्वरुप धान रोपेका हौं ।’ वर्षायाम सुरु भएसँगै प्रदेश २ का अधिकांश ग्रामीण सडक हिलाम्मे भएर अवरुद्ध छन् ।

प्रकाशित : 23 June 2021 1:49 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ